काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी ६२६ जनाको मृत्यु भएको हो।
सबैभन्दा धेरै चितवनमा २३३ शव फेला परेको छ। नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, नुवाकोटमा ४९, नवलपरासी पश्चिममा ४७, धादिङमा ४०, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि ८ हजार ३८४ जना प्रहरी परिचालन गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।
यस्तै, बाढी प्रभावित क्षेत्रमा २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १४० रहेको प्रहरीले जनाएको छ।
ठूलो संख्यामा शव फेला परेपछि पहिचान तथा व्यवस्थापनमा चुनौती थपिएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया