तीजकाे दिन कति बढ्याे सुनकाे मूल्य ?

तीजकाे दिन कति बढ्याे सुनकाे मूल्य ?


काठमाडौँ ।

सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५००, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० र चाँदीको मूल्य १४०५ रुपैयाँ प्रतितोला तोकिएको छ।

अघिल्लो दिन आइतबार १ लाख १२ हजार ३०० रुपैयाँमा छापावाल, १ लाख ११ हजार ७५० रुपैयाँमा तेजाबी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जानकारी दिएको छ।

अघिल्लाे दिनकाे तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हाे ।