काठमाडौं । पछिल्लो समय नेपालको सूचना प्रविधि क्षेत्रमा ५८ अर्बको वैदेशिक लगानी भित्रिएको छ ।
यही तथ्याङ्क देखाएर वर्तमान सरकारले आफ्नो इज्जत थेगेको छ । तर, के यो सरकारको नीतिगत सफलता हो ? बालेन नेतृत्वको सरकार आएपछि मात्रै नेपालको आइटी क्षेत्रमा वैदेशिक लगानी भित्रिएको हो त ?
पक्कै होइन, विगत तीन वर्षदेखि नेपालको आइटी उद्योगले नेपालको निर्यातमा राम्रो योगदान दिइरहेको छ । नेपालको आइटी उद्योगको विस्तारमा कुनै एक कारण भन्दा पनि सस्तो श्रम बजार र गुणस्तरीय सेवा मुख्य कारण हुन ।
अमेरिका र युरोपमा एउटा सफ्टवेयर इन्जिनियरलाई दिनुपर्ने तलबको १० प्रतिशत रकममै नेपालमा उस्तै क्षमतावान् युवा उपलब्ध हुन्छन् । अर्थात्, विदेशीका लागि नेपाल ‘कम लागतमा उच्च मुनाफा’ दिने सस्तो श्रमको बजार बनेको छ ।
अर्कोतिर, पश्चिममा रात पर्दा नेपालमा घाम झुल्किन्छ ।
२४ घण्टै काम चालू राख्न विदेशी कम्पनीले नेपालको टाइम–जोन प्रयोग गरिरहेका छन् । अब प्रश्न उठछ – ५८ अर्बको भाषण छाड्ने सरकारले हाम्रा आईटी प्रतिभा बचाउन के गरिहरेको छ ? नेपाली युवालाई आफ्नै देशमा विदेशीको ‘सस्तो डिजिटल मजदुर’ मात्र बनाइराख्ने कि नेपाललाई आइटी क्षेत्रको हबको रुपमा विकास गर्ने ? गफ होइन सरकार काम गरेर देखाउ ।

प्रतिक्रिया