धादिङ । त्रिशूली नदीमा आएको बाढीका कारण भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक मर्मत सुरु गरेको १०औं दिनमा सञ्चालनमा आएको छ ।
गत भदौ १४ गते आएको बाढीले कृष्णभीर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको थियो । त्यसपछि भासिएको सडकभन्दा केही माथिको भित्तो कटान गरी नयाँ ट्र्याक खोलिएको थियो ।
नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि आज अपराह्नदेखि सडक सञ्चालनमा ल्याइएको हो । नयाँ ट्र्याक हुँदै ग्यास बुलेटसमेत पार गरिएको छ । ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट अघि बढाउँदा नेपाली सेनाको टोली पनि कृष्णभीर पुगेको थियो ।
धादिङकी प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि आज कृष्णभीर पुगेर सडकको अवस्थाबारे अवलोकन गरेको छ । तत्कालका लागि नयाँ ट्र्याकबाट ग्यास बुलेट र ट्रक मात्रै सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया