काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको छ।
सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन थप नौ सय रूपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा किनबेच भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। सोमबार प्रतितोला चार हजार छ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले घट्दै प्रतितोला चार हजार छ सय रूपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार तीन सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया