विपत्तिमा घमण्ड नगर्नूूः सर्वदलीय बैठक बोलाउन सांसद पद्मा अर्यालको माग !

विपत्तिमा घमण्ड नगर्नूूः सर्वदलीय बैठक बोलाउन सांसद पद्मा अर्यालको माग !

विपत्तिमा घमण्ड नगर्नूू


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाढी(पहिरोजस्ता विपत्तिको समयमा एक्लै पर्याप्त छु भन्ने घमण्ड नगर्न सरकारलाई ताकेता गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले विपद् व्यवस्थापन, उद्धार र राहतका काममा सरकार कतिपय ठाउँमा चुकेको आरोप लगाएकी छन् ।

सांसद अर्यालले सरकारले विपत्ति लगत्तै सार्वजनिक आह्वान, कूटनीतिक पहल तथा विज्ञहरूको टोली परिचालन गर्न नसकेको बताइन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले देश र जनताको माया सबैलाई बराबर हुने भएकाले सरकारले एक्लै अघि बढ्न खोज्नु गलत भएको उल्लेख गरिन् ।
विपद्का पुराना अनुभवहरूबाट पाठ सिक्दै सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने र थप प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।