बाह्य दबाबमा ऊर्जा नीति बदल्दैनौँः भारत

बाह्य दबाबमा ऊर्जा नीति बदल्दैनौँः भारत


एजेन्सी । रूसबाट तेल खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल लगाउने अमेरिकी विधेयकप्रति भारतले कडा आपत्ति जनाएको छ। बाह्य दबाबका कारण आफ्नो ऊर्जा नीति परिवर्तन नगर्ने भारतले स्पष्ट पारेको छ।

अमेरिकी तल्लो सदन ुहाउस अफ रिप्रजेन्टेटिभ्सुमा आज यस विधेयकमाथि मतदान हुँदैछ। यसअघि सिनेटबाट भारी बहुमतले पारित भइसकेको यो विधेयक तल्लो सदनबाट स्वीकृत भएमा अन्तिम हस्ताक्षरका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय हित र ऊर्जा आवश्यकता अनुसार रूसबाट तेल खरिद प्रक्रिया नरोकिने बताउनुभएको छ।

लिन्से ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान बिलु नाम दिइएको उक्त विधेयकमा संशोधनमार्फत भारत, चीन, टर्की, युएई र हंगेरीसहित १० देशलाई लक्षित गरी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

विधेयक पारित भएमा भारतबाट अमेरिका निर्यात हुने सामानमा भारी कर लाग्ने जोखिम भए पनि नयाँ दिल्लीले आफ्नो अडान नछाड्ने स्पष्ट सन्देश वासिङ्टनलाई दिएको छ।