एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर मतदाताहरू विभाजित देखिएका छन्।
हालै गरिएको एक सर्वेक्षण अनुसार ५१ प्रतिशत मतदाताले ट्रम्पलाई देशका लागि ‘खतरनाक’ ठानेका छन् भने ४५ प्रतिशतले उनलाई ‘साहसी’ नेताका रूपमा लिएका छन्।
ट्रम्पको आक्रामक राजनीतिक शैली र निर्णयका कारण उनीप्रतिको जनमत तीव्र रूपमा ध्रुवीकृत भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया