काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण पहिल्याउन जलस्रोत तथा जलउत्पन्न प्रकोप विशेषज्ञ देवेश बेल्बासेको संयोजकत्वमा ७ सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ।
मन्त्रालयका अनुसार समितिले उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी/ल्हेन्दे हुँदै तटीय क्षेत्रसम्मै पुगेर स्थलगत अध्ययन गर्नेछ। समितिले बाढीको मुख्य उद्गम, घटनाक्रम र हिमाली भूजोखिमका कारणहरू पहिचान गर्ने जिम्मेवारी पाएको छ।
साथै, मानवजनित जलवायु परिवर्तनको भूमिका, जलविद्युत् पूर्वाधारमा परेको क्षति र भविष्यका आयोजनाका लागि अपनाउनुपर्ने पूर्वतयारीबारे समितिले तीन चरणमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।

प्रतिक्रिया