काठमाडौं । नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउन राज्यको नीति तथा विकासको मोडलमै व्यापक पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
सभामुख डोलप्रसाद अर्यालले साधारण आधारभूत आवश्यकता पूरा गर्नकै लागि नेपाली युवाहरू विदेश जानुपर्ने विवशताको अन्त्य हुनुपर्ने बताएका हुन् ।
स्वदेशमै पर्याप्त रोजगारी र अवसर सिर्जना गर्नका लागि सरकारले आफ्नो भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा उनको जोड थियो।
सभामुख अर्यालले नेपाललाई केवल ुप्राकृतिक सौन्दर्यको देशु का रूपमा मात्र सीमित नराखी अब उत्पादन, अध्ययन, अनुसन्धान र लगानीको प्रमुख केन्द्रका रूपमा विकास गरिनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया