देउवा पक्षका नेताहरू पुगे सानेपा

देउवा पक्षका नेताहरू पुगे सानेपा


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन  शेरबहादुर देउवा पक्षका नेताहरू सानेपा पुग्ने क्रम जारी छ ।

बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र नैनसिंह महरसहित ११ जना नेता सानेपा पुगिसकेका छन् । देउवा पक्षका करिब ५० नेता बैठकमा सहभागी हुने नेता रामहरि खतिवडाले बताए ।

सभापति गगन थापाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनबाट आएका सदस्यसरह हैसियत दिने निर्णय गरेपछि देउवा पक्षका नेताहरू बैठकमा सहभागी हुन लागेका हुन् ।