काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तकको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक तथा समृद्ध बनाउन र विश्वलाई जोड्न बीआरआईको अवधारणा ल्याएको उल्लेख गरेका हुन् ।
उनले करिब १४ सय वर्षअघि चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङले गरेको यात्राको प्रसंग जोड्दै आजको आधुनिक सडक सञ्जालले विश्वका विभिन्न भूभागलाई जोड्ने प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया