विश्वमा साना र कमजोर देशमाथि हस्तक्षेप बन्द गरियोस्: रघुजी पन्त

विश्वमा साना र कमजोर देशमाथि हस्तक्षेप बन्द गरियोस्: रघुजी पन्त


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले विश्वमा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा महान ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण पुस्तक विमोचन समारोहमा बोल्दै पन्तले नेपाल र चीनका जनता बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गरेका हुन् ।

उनले नेपाली समाजमा विभिन्न धर्म मान्ने भएपनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको बताए ।

बुद्धका विचारले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने उनको भनाइ छ । पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताए ।