काठमाडौं । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रवार काठमाडौंको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो ।
कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरिएको थियो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष उहाँको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ ।

प्रतिक्रिया