काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औँ महाधिवेशन विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार नै सम्पन्न गरिने बताएका छन् ।
शुक्रवार लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले काँग्रेस महाधिवेशनको तयारीमा अघि बढिसकेको जानकारी दिइका हुन् ।
सो क्रममा उनले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा नै मुख्य हुने भन्दै न्यायपालिकाको स्वतन्त्रताको सदैव सम्मान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया