काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् ।
काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशकः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
संविधान निर्माणका क्रममा भएको संघर्ष र बलिदानबाट स्थापित उपलब्धिलाई सहजै नकार्न वा कमजोर पार्न नहुने उाको भनाइ छ ।
पुनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभुत फाउण्डेसनका रूपमा व्याख्या गर्दै यी संरचनालाई कमजोर पार्ने प्रयासले मुलुकमा अर्को चरणको द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए ।

प्रतिक्रिया