जेन जी सांसदसँग प्रधानमन्त्रीको अन्तरक्रिया

जेन जी सांसदसँग प्रधानमन्त्रीको अन्तरक्रिया


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेन जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी अन्तरक्रियामा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा छलफल भइरहेको छ ।

अन्तरक्रियामा जेन जी पुस्ताका युवाका अपेक्षा, प्रविधिमैत्री शासन प्रणाली, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनलगायतका विषयमा सांसदहरूले धारणा राखिरहेका छन् ।

सरकारले युवा पुस्ताका प्राथमिकता र अपेक्षालाई नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने उद्देश्यले सांसदहरूसँग छलफल अघि बढाएको जनाएको छ ।