प्रतिक्रान्तिलाई धुलो चटाउने समय आयो, नयाँ क्रान्तिका लागि तयार रहनूस्ः प्रचण्ड

प्रतिक्रान्तिलाई धुलो चटाउने समय आयो, नयाँ क्रान्तिका लागि तयार रहनूस्ः प्रचण्ड

प्रतिक्रान्तिलाई धुलो चटाउने समय आयो


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध नयाँ आन्दोलनको तयारी सुरु भएको बताएका छन् ।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाइका हुन् ।

उनले आन्दोलनको तयारी स्वरूप विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र ती वार्ताहरू सकारात्मक दिशामा अघि बढेको जानकारी दिए ।

नेता-कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान अवस्थामा प्रतिक्रान्तिलाई परास्त गर्दै क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सङ्कल्पको आवश्यकता रहेको बताए ।

आगामी चाडपर्वपछि देशको राजनीतिक परिस्थितिलाई विश्लेषण गरेर सशक्त आन्दोलनको सृष्टि गरिने उनको भनाइ थियो।