काठमाडाै । २० औँ एसियाली खेलकुद अन्तर्गत पुरुष व्यक्तिगत ट्राइयाथ्लोन (Triathlon) मा आयोजक राष्ट्र जापानका खेलाडी होजो ताकुमी (Takumi Hojo) ले स्वर्ण पदक जितेका छन्। यो जारी एसियाली खेलकुद प्रतियोगिताकै पहिलो स्वर्ण पदक हो।
३० वर्षीय ताकुमीले निर्धारित दूरी ५२ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै सफलता हात पारेका हुन्। प्रतिस्पर्धामा चीनका झाङ सिरुई (Zhang Xirui) ले रजत र काजाकिस्तानका अर्लान जानाबे (Arlan Zhanabay) ले कास्य पदक जितेका छन्।

प्रतिक्रिया