काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयासप्रति कडा असन्तुष्टि जनाएकी छिन्।
अध्यक्ष ओलीको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले कसैलाई कुनै दिन कसैको हात र साथ चाहिन सक्ने बताएकी हुन्।
झाँक्रीले राजनीतिक खिचातानीप्रति लक्षित गर्दै ओलीको खुट्टा तान्ने प्रयास गरिए अरू पनि हिलोमा गाडिने चेतावनी दिएकी छिन्।

प्रतिक्रिया