वामपन्थी एकताको नाममा टाउको मात्रै जोडेर हुँदैनः झलनाथ खनाल

वामपन्थी एकताको नाममा टाउको मात्रै जोडेर हुँदैनः झलनाथ खनाल

टाउको मात्रै जोडेर हुँदैन


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अनिवार्य भएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा उनले देश संकटमा रहेकोले वामपन्थी एकता अनिवार्य देखिएको बताएका हुन् ।

उनले हाल वामपन्थी आन्दोलन कमजोर हुँदै गएको बताए । बामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको उनको दाबी छ ।