काठमाडौं । प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ ।
रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ ।
‘वेटिङ चेयर’को व्यवस्था भएपछि सांसदहरू आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै बसेर तयारी गर्न सक्ने भएका छन् ।
यसबाट प्रत्येक सदस्यले रोस्टममा पुगेर बोल्न लाग्ने समयमध्ये औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया