काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ ।
कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ किलोभन्दा माथिको तौल समूहमा कास्यपदक जितेका हुन् ।
तेन्जिङ सेमिफाइनलमा इरानका महम्मद नेमाटीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्यपदकका लागि लाओसका वाथाना जायासानसँग प्रतिस्पर्धा गरेका थिए ।
कास्यपदकको भिडन्तमा तेन्जिङले वाथानालाई ९–१ अंकले पराजित गर्दै नेपालका लागि जारी एसियाडको पहिलो पदक दिलाए ।
यसअघि पनि नेपालले करातेबाट पदकको अपेक्षा गरेको थियो । तर तीन खेलाडी र एक टिम कास्यपदकको भिडन्तसम्म पुगे पनि पदक जित्न सकेका थिएनन् ।

प्रतिक्रिया