नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्ध छः कार्यवाहक प्रधानमन्त्री वाग्ले

नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्ध छः कार्यवाहक प्रधानमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकहरूको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएको उल्लेख गर्दै यसलाई समयानुकुल अद्यावधिक गर्नु आवश्यक रहेको बताए ।