राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १० वर्षे अनुभवको नियम फेर्न डा. तोषिमाको दबाब

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा १० वर्षे अनुभवको नियम फेर्न डा. तोषिमाको दबाब


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले प्रयोगशाला सञ्चालक समितिका सदस्यहरूको योग्यतामा परिमार्जन गर्न प्रश्ताव गरेकी छन् ।
बिहीवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले विशेषज्ञको मापदण्ड तोक्दा स्नातक तहलाई मात्र आधार मान्न नहुने स्पष्ट पारेकी हुन् ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको थियो ।
सांसद डा. कार्कीले विधेयकमा प्रश्तावित अनुभवको अवधि र शैक्षिक योग्यताको ढाँचामा सुधार आवश्यक रहेको औँल्याएकी छन् ।
उनले स्नातक तह उत्तिर्ण गरेका व्यक्तिलाई १० वर्ष, स्नातकोत्तर गरेकालाई ५ वर्ष र विद्यावारिधि (पीएचडी) गरेका व्यक्तिलाई ३ वर्षको अनुभव आवश्यक पर्ने प्रावधानमाथि आफ्नो धारणा राखिन् ।