रास्वपा सांसदको प्रश्नः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन

रास्वपा सांसदको प्रश्नः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिमोहन भण्डारीले संघीय संसदको क्यान्टिन महंगो भएको गुनासो गरेका छज् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गरेका हुन् । उनले क्यान्टिनको मूल्य अस्वभाविक रूपमा महँगो भएको भन्दै माननीयहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गरे । उनले क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्व कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ लामखुट्टेको प्रकोपसमेत बढेको गुनासो गरे ।