कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक


काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ ।

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ । महाधिवेशनको प्रचारप्रसार तथा अन्य सामग्रीमा यही नारा प्रयोग गरिने कांग्रेसले जनाएको छ ।

पार्टीले सार्वजनिक गरेको लोगोमा महाधिवेशनको पहिचान झल्काउने गरी विभिन्न प्रतीक र कांग्रेसको चुनाव चिह्न समेटिएको छ ।

कांग्रेसले महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना, नेतृत्व र आगामी राजनीतिक दिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । महाधिवेशनमार्फत पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।