काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्ले कुनै पनि देशको सीमा वा कागजात नहेर्ने उल्लेख गर्दै भने, हिमनदी र बाढीले पासपोर्ट र भिसा खोज्दैनन्। कार्बन उत्सर्जनमा नेपालको योगदान शून्यप्रायः रहे पनि जलवायु परिवर्तनको असर नेपालका हिमाली क्षेत्रहरूले सबैभन्दा बढी भोग्नुपरेको भन्दै उनले विश्व समुदायसँग न्यायको माग गरे।
प्रधानमन्त्री शाहको यो भनाइ र प्रस्तुतिको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ। नयाँ पुस्ताका युवाहरूदेखि विभिन्न राजनीतिक दलका नेता(कार्यकर्ताहरूले समेत उनको यो सम्बोधनलाई ूनेपालको तर्फबाट विश्वमञ्चमा राखिएको अहिलेसम्मकै कडा र स्पष्ट अडानू भन्दै प्रशंसा गरिरहेका छन्।

प्रतिक्रिया