युएन महासभाबाटै प्रधानमन्त्री बालेन शाहले भने: “भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्”

युएन महासभाबाटै प्रधानमन्त्री बालेन शाहले भने: “भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्”


काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्बोधनको अन्त्यमा विश्व शान्ति र कल्याणको कामना गर्दै भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन् भन्ने वाक्य उच्चारण गरेका छन्।
जलवायु परिवर्तन, अतिवृष्टि र हिमाली क्षेत्रको सङ्कटबारे तार्किक र सशक्त अडान राखेका शाहले सम्बोधनको बिट मार्दै नेपालको आस्थाका प्रतीक पशुपतिनाथको नाम लिएर विश्वभरि भाइचारा र शान्तिको सन्देश दिएका हुन्।
अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धर्म, संस्कृति र मौलिकतालाई गर्वका साथ प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा बालेनको व्यापक प्रशंसा भइरहेको छ।
नयाँ तथा पुराना दुवै पुस्ताका प्रयोगकर्ताहरूले यस अंशको भिडियो क्लिप सेयर गर्दै नेपाली हुनुको गर्व महसुस भएको टिप्पणी गरिरहेका छन्।