मौसमविद्को चेतावनीः अब पश्चिम नेपालमा भारी वर्षा हुने, ३८ जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह

मौसमविद्को चेतावनीः अब पश्चिम नेपालमा भारी वर्षा हुने, ३८ जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह

३८ जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं । पश्चिम सर्दै गएको जलवाष्पयुक्त(जल, पानी, वाष्प, बाफ) युक्त . मिसिएको वा भरिएको मौसम प्रणालीका कारण देशका ३८ जिल्लामा बाढी र पहिरोको उच्च जोखिम बढेको छ।

मौसमविदहरूका अनुसार पूर्व र मध्य क्षेत्रमा भारी वर्षा गराएको मौसम प्रणाली अब क्रमशस् पश्चिमतिर सर्दै गएको छ। यसको प्रभावले अब सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षाको मात्रा बढ्ने र बाढीको जोखिम रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले जोखिमयुक्त ३८ जिल्लाका नदी तटीय क्षेत्र तथा ढलान र पहिरो जाने सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मुख्य नदी तथा खोलाहरूमा पानीको सतह अचानक बढ्न सक्ने र सडक यातायात समेत प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र स्थानीय प्रशासनको सूचना पालना गर्न महाशाखाले अपिल गरेको छ।