कांग्रेस वडा अधिवेशनमा विराटनगरमा दुई पक्षबीच झडप, क्षेत्रीय प्रतिनिधि छनोटमा तीव्र विवाद

कांग्रेस वडा अधिवेशनमा विराटनगरमा दुई पक्षबीच झडप, क्षेत्रीय प्रतिनिधि छनोटमा तीव्र विवाद


काठमाडौं । नेपाली कांग्रेसको जारी वडा अधिवेशनका क्रममा मोरङको विराटनगरमा दुई पक्षबीच झडप भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ मा क्षेत्रीय प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न विवाद उग्र बनेपछि दुई पक्षबीच भिडन्त भएको हो।

अधिवेशनका क्रममा पार्टीको समावेशी विधान र दलित कोटा मिचेर खुल्लातर्फ प्रतिनिधि थपिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ।

विवादका क्रममा दुवै पक्षका कार्यकर्ताहरूबीच हातहाली र धक्कामुक्का भएको थियो। घटनापछि अधिवेशन प्रक्रिया प्रभावित बनेको छ भने स्थिति नियन्त्रणमा लिन र सहमति जुटाउन जिल्लाका शीर्ष नेताहरू प्रयासरत रहेका छन्।