काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
परियारले मंगलबार केन्द्रीय कार्यसमितिको समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ। निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय मंगलबार साँझ ६ बजेसम्मका लागि थप गरेको छ।

प्रतिक्रिया