कांग्रेस सभापतिमा गगनसहित तीन जना भिड्दै

कांग्रेस सभापतिमा गगनसहित तीन जना भिड्दै


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीमा अहिलेसम्म ६० भन्दा बढी नेताले उम्मेदवारी दिएका छन् ।

सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा श्यामकृष्ण खड्गी, गगनकुमार थापा र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको छ ।

खुला उपसभापतिमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन् । समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन् । महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ ।

खुला महामन्त्रीमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन् । महिला महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीतर्फ पनि विभिन्न समूहबाट उम्मेदवारी परेको छ । खसआर्यतर्फ जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले उम्मेदवारी दिएका छन् । आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ छन् ।

मधेशी सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप शाह, राम पल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादवको उम्मेदवारी परेको छ । दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली छन् ।

थारु सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी तथा अल्पसंख्यक/अपाङ्गता समूहमा नगेन्द्र कुमाल, योगेश गौचन र आङ्गेलु शेर्पाले उम्मेदवारी दिएका छन् । मुस्लिमतर्फ फिर्दोस आलम, अब्दुल सत्तार र अहतर कमल मुसलमान उम्मेदवार छन् ।

खुला सहमहामन्त्रीमा अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन् । पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा, जनकराज गिरी, मिन भाम, नारायणप्रसाद भट्टराई, राजन कुवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टको उम्मेदवारी परेको छ ।

सहमहामन्त्री महिलातर्फ नानु बस्तोला र प्रतिमा गौतमले उम्मेदवारी दिएका छन् ।