काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रिविका स्ववियु सचिव हिक्मतकुमार बुढा र आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्कासहित पाँच जना छन् ।
उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाइने परिसरका एसपी दानबहादुर थापाले बताए ।
सिनेट बैठकको विषयलाई लिएर विद्यार्थी संगठनका नेताहरूले उपकुलपति थापामाथि दुर्व्यवहार गर्नुका साथै धम्कीयुक्त चेतावनी दिएको आरोप छ । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया