रामकुमारी झाँक्रीले भनिन् : समयले खोजेको नेतृत्व हुन् गगन थापा

रामकुमारी झाँक्रीले भनिन् : समयले खोजेको नेतृत्व हुन् गगन थापा


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका सभापति गगन थापालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । झाँक्रीले समयभन्दा अघि नै समयको भाषा बुझ्ने र बोल्ने नेताका रूपमा थापालाई चित्रण गर्दै समयले खोजेको र साथीहरूले रोजेको नेतृत्वका रूपमा सभापतिमा निर्वाचित भएको बताएकी छन् ।
उनले थापालाई पार्टीको नेतृत्वदेखि देशको नेतृत्वसम्मको यात्रामा सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् । ‘हार्दिक बधाई गगन जी । समयभन्दा पहिले समयको भाषा बुझ्ने, बोल्ने तपाईं समयले खोजेको र साथीहरूले रोजेको नेतृत्वका रूपमा सभापतिमा निर्वाचित हुनुभएको छ,’ झाँक्रीले लेखेकी छन् ।m उनले थापाको आगामी राजनीतिक यात्राको सफलताको कामनासमेत गरेकी छन् ।