विस्तारै रित्तिँदै राजधानी, गाउँ फर्किनेको भिड, तर सडकको दुर्दशा र महँगो भाडाले सर्वसाधारण हैरान

विस्तारै रित्तिँदै राजधानी, गाउँ फर्किनेको भिड, तर सडकको दुर्दशा र महँगो भाडाले सर्वसाधारण हैरान


काठमाडौं । बडादशैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाडेर गाउँघर फर्किने यात्रुहरूको चहलपहल र भीड निकै बढेको छ।

राजधानीको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर लगायतका मुख्य नाकाहरूमा आफ्नो गन्तव्यतर्फ जाने यात्रुहरूको ठूलो लाइन देखिएको छ। कोही यात्रु झोला र सामान बोकेर बसको प्रतीक्षामा छन् भने कोही परिवारसहित गाउँतर्फ लागिसकेका छन्।
चाडपर्वका बेला यात्रुहरूको सहजता र सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नाकाहरूमा निगरानी बढाएको जनाएको छ। तर, यात्राका क्रममा यातायात भाडामा ठगिने र टिकट नपाउने सास्ती अझै कायम रहेको यात्रुहरूले गुनासो गरेका छन्।