आफ्नै पुर्खाको शासन ढाल्ने पार्टीको महामन्त्री बन्दा गर्व महसुस हुन्छः उदयशमशेर राणा

आफ्नै पुर्खाको शासन ढाल्ने पार्टीको महामन्त्री बन्दा गर्व महसुस हुन्छः उदयशमशेर राणा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदयशमशेर राणाको राजनीतिक यात्रा अहिले चर्चाको शिखरमा छ।

सुवर्णशमशेरपछि कांग्रेसको शीर्ष पदाधिकारीमा पुग्ने राणा परिवारका पहिलो नेता दाबी गरिएका उदयशमशेर चन्द्रशमशेरका खनाति हुन्। नेपालमा १०४ वर्षको राणा शासन अन्त्य गर्ने पार्टीको नेतृत्व तहमा पुग्नु उनको राजनीतिक पहिचानको ठूलो विरोधाभास र गौरव दुवै मानिएको छ।

पञ्चायतकालमा आफ्ना पुर्खाले राजनीतिक आन्दोलनका क्रममा भोगելको निर्वासन र सम्पत्ति जफतको इतिहास सम्झँदै उहाँले कांग्रेसको वैचारिक धार र जनतासँगको सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विशेष महाधिवेशनपछि पार्टीलाई एकताबद्ध बनाउने र ुड्रइङ रुम पोलिटिक्सु तोडेर जनताको घरदैलोमा पुग्ने महामन्त्री उदयशमशेरको मुख्य प्राथमिकता रहेको छ।