काठमाडौं । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ।
गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै अध्यक्ष शर्माले समाचार चित्त नबुझे साइबर ब्यूरोमा उजुरी हाल्न लगाउने र २४ घण्टा नबित्दै बिदाको दिन पत्रकार पक्राउ गर्ने कार्य अधिनायकवादी प्रवृत्ति भएको टिप्पणी गर्नुभयो।
समाचारप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिल जाने बाटो छँदाछँदै साइबर ब्यूरोमार्फत पत्रकार तर्साउने कार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको महासङ्घको ठहर छ।

प्रतिक्रिया