काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक सिरिजमा नेपाललाई क्यानडाले २५७ रनको लक्ष्य दिएको छ ।
अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा अन्तिम बलमा अलआउट भएर क्यानडाले २५६ रन बनाएको हो ।
क्यानडाका लागि युवराज सामराले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १०५ रन बनाए ।
उनलाई नेपालका लागि दीपेन्द्रसिंह ऐरीले आउट गरे । यस्तै, नेपालका लागि ललित राजवंशीले ४, कप्तान सन्दीप लामिछाने ३, दीपेन्द्रसिंहले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।
टस जितेर क्यानडाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया