मलाई खोज्न शक्ति खर्चिनु पर्दैन, नेपाल फर्किएर बचतकर्ताको पैसा तिर्न तयार छुः फरार जिबी राई

मलाई खोज्न शक्ति खर्चिनु पर्दैन, नेपाल फर्किएर बचतकर्ताको पैसा तिर्न तयार छुः फरार जिबी राई


काठमाडौैं । सहकारी ठगी र रकम अपचलन अभियोगमा फरार रहेका गोर्खा मिडियाका अध्यक्ष जिबी राईले आफू नेपाल फर्किएर समस्या समाधान गर्न तयार रहेको बताएका छन्।

सेतोपाटीमार्फत सार्वजनिक गरिएको अडिओ र प्रेस नोटमा राईले आफूलाई खोज्न शक्ति–संयन्त्र प्रयोग गरिरहनु नपर्ने र आफू आफैँ अदालत र कानुनसामु उपस्थित हुन तयार रहेको दाबी गरेका छन्।
उनले रवि लामिछाने र छविलाल जोशीलाई यस प्रकरणमा नजोड्न आग्रह गर्दै, साथीभाइबाट व्यवस्थापन गरिएको जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकारी स्रोतका अनुसार सरकारले खोजी कार्य र दबाब तीव्र पारेपछि असुरक्षित महसुस गरेर राईले यस्तो सन्देश जारी गरेको आकलन गरिएको छ।