काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा उपहार लेनदेन नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यले शुभकामना सन्देश जारी गर्दै सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि उपहार आदानप्रदानलाई निरुत्साहित गरिएको बताउनुभएको छ।
राजनीतिमा नागरिकको सद्भाव र विश्वास नै सबैभन्दा ठूलो उपहार भएको उल्लेख गर्दै महामन्त्री आचार्यले चाडपर्वलाई तडकभडक रहित र सादगीपूर्वक मनाउन पार्टीका सबै तहका नेता(कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया