ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले आज पार्टी केन्द्रीय कार्यालयमा शपथ ग्रहण गरेका हुन् ।
बडादशैंको फूलपातीका दिन अपराह्न २ बजे आयोजित कार्यक्रममा थापाले सभापतिको शपथ ग्रहण गरेका हुन् ।
महाधिवेशनको मतगणना सम्पन्न भएपछि थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस केन्द्रीय कार्यालयले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको थियो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यको शपथ भने दशैंपछि गराइने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया