काठमाडौं । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुको चाप बढ्दै गएको छ। घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष उपत्यका छाडेका हुन्।
दसैँ नजिकिएसँगै नागढुङ्गा, फर्पिङ, साँखुलगायत उपत्यकाका प्रमुख नाकामा यात्रु र सवारीसाधनको चाप बढेको छ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार यात्रुको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले निगरानी बढाएको छ।

प्रतिक्रिया