हेटौँडा ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावना मार्गमा पारिवारिक विवादका कारण दर्दनाक घटना घटेको छ। घरभित्र श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् भने श्रीमती गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। बिहीबार बिहान करिब १: ४५ बजे स्थानीय ४५-४६ वर्षीय शंकर कार्की घरभित्र झुण्डिएको र उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा फेला परेका हुन्।
माइतीको फोन नउठेपछि खुल्यो रहस्य
प्रहरीका अनुसार श्रीमान्(श्रीमतीबीच घरायसी विवाद भएको थियो। महिलाले फोन नउठाएको खबर माइती पक्षबाट आएपछि शंकरकी दिदी ९हेटौँडा–९, लामसुरे निवासी भवानी महत० भाइको घर पुगेकी थिइन्।
घर पुग्दा भित्रबाट चुकुल लगाइएको पाएपछि शंका लागेर उनले तुरुन्तै छिमेकी र प्रहरीलाई खबर गरेकी थिइन्। खबर पाउनासाथ पुगेको प्रहरी टोलीले ढोका फोडेर हेर्दा शंकर झुण्डिएको अवस्थामा मृत र श्रीमती भान्साकोठामा छटपटाइरहेकी घाइते अवस्थामा भेटिएकी थिइन्।
घाइते श्रीमतीलाई उपचारका लागि चितवन लगियो
घाइते चरिमायाको मुख, टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचारका लागि उनलाई हेटौँडा अस्पताल लगिए पनि थप उपचारका लागि चितवन रिफर गरिएको छ। उनको अवस्था हाल मध्यम रहेको जनाइएको छ। घटना घटेको समयमा घरमा श्रीमान- श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया