१५औँ महाधिवेशनका सर्वाधिक मत ल्याएका चिरिबाबु र पूर्वसभापति देउवाको दसैँ भेट

१५औँ महाधिवेशनका सर्वाधिक मत ल्याएका चिरिबाबु र पूर्वसभापति देउवाको दसैँ भेट


काठमाडाै‌ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र हालै सम्पन्न १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर विजयी भएका ललितपुरका लोकप्रिय नेता चिरिबाबु महर्जनबीच दसैँको टीका ग्रहणका क्रममा भएको भेटघाटले राजनीतिक वृत्तमा ठूलो चासो र चर्चा जगाएको छ।

देउवाबाट टीका र आशीर्वाद लिँदै गर्दा दुवै नेताको हाउभाउ र अनुहारको गम्भीर भावभङ्गीले कांग्रेसभित्र नयाँ शक्ति समीकरणको अड्कलबाजी सुरु गराएको छ। सामान्य दसैँको आशीर्वाद मात्रै भनिए पनि १५औँ महाधिवेशनपछिको यो अर्थपूर्ण भेटलाई आगामी रणनीतिक कदमका रूपमा विश्लेषकहरूले हेरेका छन्।