पाकिस्तानका टी-२० कप्तान अब एनपीएलमा, कर्णाली याक्स बन्यो विदेशी हस्तीहरूको पावरहाउस

पाकिस्तानका टी-२० कप्तान अब एनपीएलमा, कर्णाली याक्स बन्यो विदेशी हस्तीहरूको पावरहाउस


काठमाडाै‌ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि टोलीहरूबीच विदेशी खेलाडी भित्र्याउने तिखो होडबाजी चलेको छ। यसैक्रममा सोमपाल कामी मार्की खेलाडी रहेको ‘कर्णाली याक्स’ले अर्को ठूलो धमाका गर्दै पाकिस्तान राष्ट्रिय टी-२० टिमका कप्तान तथा विष्फोटक ओपनर साहबजादा फर्हानलाई काठमाडौँ उतारिसकेको छ।

दक्षिण अफ्रिकाका डेभिड मिलर र पाकिस्तानकै हुसेन तलातपछि फर्हानको आगमनले कर्णाली याक्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो र खतरनाक दाबेदारका रूपमा उभ्याएको छ। सन् २०१८ मा डेब्यु गरेर टी-२० मा २ शतक र १३ अर्धशतक प्रहार गरिसकेका ३० वर्षीय फर्हानको उपस्थितिले एनपीएलको रौनकलाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने निश्चित छ।