काठमाडाै । प्रसिद्ध पत्रकार तथा चर्चित व्यक्तित्व ऋषि धमलाले आफ्नो जीवनको यात्रा र अनुभवलाई साझा गर्दै एक गम्भीर तथा प्रेरणादायी सन्देश जारी गरेका छन्।
आज आफ्नो जन्मदिनको अवसर पारेर समाजिक सञ्जालमार्फत् उनले जीवनमा पद, प्रतिष्ठा र अथाह सम्पत्तिभन्दा जनताको माया, अटुट विश्वास र राष्ट्रप्रतिको जिम्मेवारी सधैँ माथि हुने बताएका हुन् ।
हजारौँ आलोचना, संघर्ष र चुनौतीहरू झैल्दै आएका धमलाले सत्यको पक्षमा उभिने र जनताको आवाज बुलन्द गर्ने आफ्नो सङ्कल्प जीवनभर नविचलित हुने स्पष्ट पारेका छन्।
आफ्नो यस कठिन र सुदीर्घ यात्रामा साथ, माया र आशीर्वाद दिने सम्पूर्ण अग्रज, आफन्त, सहकर्मी तथा शुभचिन्तकहरूप्रति उनले हृदयदेखि नै आभार प्रकट गर्दै आफ्नो सम्पूर्ण जीवन समाज र राष्ट्रको सेवामा अर्पण गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया