ट्रमा सेन्टरको नाममा ठगिने दिन सकिए-मन्त्री मेहता

ट्रमा सेन्टरको नाममा ठगिने दिन सकिए-मन्त्री मेहता


काठमाडाै‌ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा बन्ने स्वीकृत ट्रमा सेन्टरको जग्गा निरीक्षण गर्नुभएको छ। आइतबार ढल्केवर पुग्नुभएकी मन्त्री मेहताले ट्रमा सेन्टरको भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ।

निरीक्षणका क्रममा मन्त्री मेहताले टेन्डरका कागजातहरू स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधार विकासतर्फ पठाइसकिएको र छिट्टै टेन्डर खुलेर भवनको शिलान्याससमेत हुने विश्वास दिलाउनुभयो। यो आयोजना सरकारको बहुवर्षीय योजनामा परिसकेको उहाँको भनाइ थियो।

सोही अवसरमा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले ट्रमा सेन्टरको नाममा लामो समयदेखि नागरिकहरू ठगिँदै आएकाले अब आश्वासनले मात्र चित्त नबुझ्ने बताउँदै छिटो भन्दा छिटो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिनुभएको थियो। निरीक्षण कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।