काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीसँग टाढिएका र असन्तुष्ट बनेका हराएका मतदातालाई पुनः जोड्न मंसिर महिनाभर देशव्यापी संवाद अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।
पार्टीप्रति बढ्दो जनवितृष्णा र निराशालाई सम्बोधन गर्न कांग्रेसले गाउँ(टोलसम्म पुगेर सिधा संवाद गर्ने रणनीति बनाएको हो।
महामन्त्री थापाले पछिल्लो राजनीतिक घटनाक्रम र नेतृत्वको कार्यशैलीका कारण परम्परागत मतदाताहरू समेत निराश भई टाढिएको स्वीकार गर्दै उनीहरूका गुनासा सुन्न र भरोसा पुनः स्थापित गर्न यो अभियान चलाउन लागिएको बताए।
मंसिरभर सञ्चालन हुने यस देशव्यापी जागरण र संवाद अभियानलाई कांग्रेसको आगामी निर्वाचन लक्षित मुख्य सांगठनिक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया