विष्णु पौडेल र शंकर पोखरेल ओलीको शरणमा पुगेपछि लुम्बिनीका मुख्यमन्त्रीको कुर्सी धरापमा

विष्णु पौडेल र शंकर पोखरेल ओलीको शरणमा पुगेपछि लुम्बिनीका मुख्यमन्त्रीको कुर्सी धरापमा

चेतनारायण आचार्यलाई हटाएर लीला गिरीलाई ल्याउने एमालेको तयारी


काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक शक्ति समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको पद धरापमा परेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एउटै कित्तामा उभिएपछि लुम्बिनीमा मुख्यमन्त्री फेरेर पूर्वमुख्यमन्त्री लीला गिरीलाई पुनः नेतृत्व सुम्पिने तयारी तीव्र पारिएको हो।

पार्टी अध्यक्ष ओलीले गिरीलाई मुख्यमन्त्री बन्न आवश्यक तयारी गर्न मौखिक निर्देशन दिइसकेका छन् भने गिरी स्वयंले पनि प्रक्रिया अघि बढेको स्वीकार गरेका छन्।

यसअघि पार्टी पुनर्गठनको विवाद चर्किएका बेला कुर्सी जोगाउन सफल भएका आचार्यलाई अहिले पौडेल र पोखरेल दुवै नेता ओलीको शरणमा पुगेपछि हटाउने निश्चितप्रायः भएको छ।

लुम्बिनी लगत्तै कोशी प्रदेशमा पनि मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने कसरत भइरहेको एमाले वृत्तमा चर्चा छ।